गाबहालका राजेश कुसुन्तीका होमलालको घरबाट हामफाले

गाबहालका राजेश कुसुन्तीका होमलालको घरबाट हामफाले

ललितपुर गाबहालका एकजना कुसुन्ती पुगेर एउटा घरको चौथो तलाबाट हामफालेका छन् । साँझ ६ बजेको समयमा ४५ वर्षे राजेश खड्गीको घरबाट हामफालेपछि ज्यान गएको हो ।

गाबाहाल घर भएका खड्गी नख्खु मेडिसिटी अस्पतालनजिकै भाडामा बस्दै आएका थिए । साँझको समयमा आफ्ना भिनाजु हरिगोपाल शाहीसँग कुसुन्ती एरियामा हिँड्दै गर्दा उनी अकस्मात स्थानीय होमलाल शाक्यको घरमा छिरेर हामफालेका हुन् । 

चौथो तलाबाट फालहालेपछि घाइते भएका खड्गीलाई तत्काल पाटन अस्पताल पुर्याइएको थियो । पाटन अस्पतालले उपचारको क्रममा साढे ७ बजेतिर मृत घोषणा गरेको हो ।

प्रहरीका अनुसा खड्गीको मानसिक सन्तुलन गुमेको थियो । आजै दिउँसो भिनाजुसँग लगनखेलको मानसिक अस्पतालमा उपचार गरेर घर फर्कदै गर्दा उनी हामफालेका हुन् । उनको शव पाटन अस्पतालमा राखिएको छ ।

टिप्पणीहरू