तारुकामा गोरु जुधाईको रौनक (फोटोफिचर)

तारुकामा गोरु जुधाईको रौनक (फोटोफिचर)

माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारुकामा बृहत गोरु जुधाई मेला सम्पन्न गरिएको छ । हरेक वर्ष माघे संक्रान्तिमा हुने गोरु जुधाई मेलाअन्तर्गत यस वर्ष १७ हल गोरु जुधाईएको हो । 

गोरु जुधाई हेर्नका लागि तारुकाको पर्यटकीय स्थल चन्दनीमा स्थानीयको भीड लागेको थियो । प्रत्येक वर्षको माघे संक्रान्तिका दिन नुवाकोटको दक्षिणी भेगमा रहेको तारुकामा गोरु जुधाउने कार्यक्रमको आयोजना गरिँदै आएको छ ।

टिप्पणीहरू