बजारमा तरुल किन्नेको भीड (फोटोफिचर)

बजारमा तरुल किन्नेको भीड (फोटोफिचर)
सुन्नुहोस्

भोलि माघे संक्रान्ति । माघे संक्रान्ति नेपालीहरुको निम्ति एउटा प्रमुख चाड हो । यसलाई मकर संक्रान्ति र माघी पर्व पनि भनिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास छ । 

मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर माघे संक्रान्ति मनाउने चलन छ । पर्व नजिकिएसँगै काठमाडौंका तरुल व्यापारीलाई भ्याइनभ्याइ भएको छ । कालीमाटी, असन, न्यूरोड, नयाँ बानेश्वरलगायतका स्थानमा ग्राहकहरुको एकदमै भीड छ ।

बजारमा हात्तीपाइले तरुल, वन तरुल, देशी तरुल, घर तरुल, पताले तरुल बिक्रीमा राखिएको छ । यो वर्ष तरुलको माग बढेको व्यापारीहरुको भनाइ छ ।

टिप्पणीहरू