राष्ट्रिय सभाका उम्मेदवारले खर्च गर्न पाउने सीमा तोकियो

राष्ट्रिय सभाका उम्मेदवारले खर्च गर्न पाउने सीमा तोकियो

निर्वाचन आयोगले आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । 

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ बमोजिम तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने जनाएको छ । 

मतदाता नामावली खरिद, सवारीसाधनको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा खर्च गर्न सकिने आयोगको भनाई छ । 

उम्मेदवारले बैंक वा वित्तिय संस्थामा छुट्टै खाता खोलेर खर्च गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ । त्यस्तै, निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाइसक्नुपर्ने छ ।

टिप्पणीहरू