बागलुङमा जिप दुर्घटना, चालक र एक जना यात्रुको मृत्यु

बागलुङमा जिप दुर्घटना, चालक र एक जना यात्रुको मृत्यु

बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटनतर्फ गइरहेको जिप अस्तुमा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र  काठमाडौंकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते नौ जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरिएको छ ।

टिप्पणीहरू