शहरमा जताततै बाक्लो हिउँ, पर्यटकको थामिनसक्नु भीड (फोटो फिचर)

फोटो स्रोत : सिन्ह्वा ।
सुन्नुहोस्

चीनको उत्तरी भेगका अधिकांश स्थानमा हिउँ परेको छ । त्यसमध्ये उत्तरपूर्वी हेइलोङचियाङ प्रान्त हरेक वर्षको हिउँदमा विशेष चर्चामा आउने गरेको छ ।

प्रान्तीय राजधानी हारपिनमा डिसेम्बरदेखि फेब्रुअरीसम्मको तीन महिना बाक्लो हिउँ पर्छ । उक्त अवधिमा हिउँ जस्तै बाक्लो पर्यटकले शहर खचाखच भरिन्छ । 

हिउँमा बनाइने आकृति, खेलकुद र रात्रिकालीन समयमा रंगीचंगी बत्तिका कारण हिमआकृतिले वातावरण मनमोहक बनाउने गर्छ । सोही दृश्य हेर्न आन्तरिक र वाह्य पर्यटकको भीड लाग्ने गरेको चिनियाँ समाचार समिति सिन्ह्वाको समाचारमा उल्लेख छ। 

 

टिप्पणीहरू