भीमदत्तका वडाध्यक्ष सडकमा मृत फेला

भीमदत्तका वडाध्यक्ष सडकमा मृत फेला

कञ्चनपुरका एक जनप्रतिनिधि मृत भेटिएका छन् । प्रहरीका अनुसार भीमदत्त नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष महेन्द्र खड्का आज बिहान मृत फेला परेका हुन् ।

भीमदत्त–६ ऐठपुरस्थित सडकमा उनी सवार म१प ४८५२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्ता अवस्था भेटिएको छ । दुर्घटनाग्रस्त मोटरसाइकलसँगै वडाध्यक्ष खड्का मृत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरील खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
 

टिप्पणीहरू