माननीय बनाउन एक दर्जन पत्रकारको नाम सिफारिस

माननीय बनाउन एक दर्जन पत्रकारको नाम सिफारिस
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनले राष्ट्रियसभा निर्वाचनका लागि पत्रकारिता तथा आमसञ्चारको क्षेत्रमा उपस्थिति सुनिश्चित गर्न माग गरेको छ। 

पत्रकारलाई पनि राष्ट्रियसभा सदस्य पदमा उम्मेदवार बनाउन अध्यक्ष माधवकुमार नेपालमार्फत संगठनले सत्तारुढ गठबन्धनलाई आग्रह गरेको हो । अध्यक्ष नेपाललाई आज बुझाएको पत्रमा संगठनको तर्फबाट राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार बनाउन दश जनाको नाम सिफारिस गरिएको महासचिव रामकुमार एलनले बताए। 

उनका अनुसार शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ,बोधराज त्रिपाठी, कौशल चेम्जोङ्ग,राममाया भट्टराई (चमिना),भरतराज पोखरेल,शीतल साह,विश्वमणि सुवेदी,जीवन बिसी, भीम रमाइली,हेमकर्ण विश्वकर्मा र प्रतिज्ञा बुढा मगरको नाम सिफारिस गरिएको हो । 

त्यस्तै, ०४६ सालको संयुक्त जनआन्दोलनदेखि ०६२-०६३ को दोस्रो जनआन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र बहालीका निम्ति पत्रकार तथा पेशाकर्मीले खेलेको भूमिकालाई स्मरण गर्दै प्रतिनिधिमूलक सदनका रुपमा राष्ट्रियसभालाई अगाडि बढाउनुपर्ने सुझाव पनि संगठनले दिएको छ ।

टिप्पणीहरू