माननीयमा उठाउन राप्रपालाई चार दिन

माननीयमा उठाउन राप्रपालाई चार दिन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रियसभा निर्वाचनका लागि पुस १८ गतेभित्र उम्मेदवार सिफारिस गरी पठाउन प्रदेश समितिहरुलाई निर्देशन दिएको छ । 

आज धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि पुस १८ गतेसम्म उम्मेदवार सिफारिस गरी पार्टीको संसदीय समितिलाई पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

राष्ट्रियसभामा रिक्त हुन लागेका पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । निर्वाचन आयोगले पुस २३ गते उम्मेदवारी मनोनयनको मिति तोकेको छ ।

टिप्पणीहरू