शीतल निवासमा उपप्रधानमन्त्री, बालुवाटारमा भूतपूर्व प्रधानमन्त्रीहरु

शीतल निवासमा उपप्रधानमन्त्री, बालुवाटारमा भूतपूर्व प्रधानमन्त्रीहरु

राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गर्नुभएको छ । रक्षामन्त्री खड्का राष्ट्रपति पौडेलसँग भेट गर्न बिहान साढे ९ बजे शीतल निवास पुग्नुभएको थियो ।

उहाँहरुबीच बिहान झण्डै डेढ घण्टा कुराकानी भएको बताइएको छ । 

यता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान दुई जना भूतपूर्व प्रधानमन्त्रीहरु पुग्नुभएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बिहान बालुवाटार जानुभएको हो । 

उहाँहरु बिहान पौने १० बजेको समयमा बालुवाटार प्रवेश गर्नुभएको थियो । झण्डै पौने २ घण्टा कुराकानी गरेपछि साढे ११ बजेको समयमा बालुवाटारबाट बाहिरिनुभएको हो ।

टिप्पणीहरू