भतिजोले कोदालोले हानेका काका ठहरै

भतिजोले कोदालोले हानेका काका ठहरै

बाग्लुङमा काकाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बडीगाड गाउँपालिका–१०, चैते बस्ने ४० वर्षीय लालमन विकको हत्या अभियोगमा स्थानीय ३३ वर्षीय हिरालाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

गएराति सामान्य विवादको क्रममा हिरालालले काकाको टाउकोमा कोदालोले प्रहार गरेका थिए । प्रहरीका अनुसमार लालमानको घटनास्थलमै मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे र बुर्तिबाङबाट खटिएको टोलीले आज बिहान हिरालाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

टिप्पणीहरू