ईश्वर श्रीमान नेतृत्वको टोली जापान पुग्यो

ईश्वर श्रीमान नेतृत्वको टोली जापान पुग्यो
सुन्नुहोस्

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा जापानमा आयोजित कानुन सम्बन्धी सम्मेलनमा भाग लिन जानुभएको छ । राजधानी टोकियोमा भोलिदेखि मंसिर २६ गतेसम्म हुने स्ट्रेन्थेनिङ द कपासिटी अफ सिभिल कोड एप्लिकेसन, द सिभिल कोड रिफर्म कार्यक्रममा भाग लिन उहाँ पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै गएराति काठमाडौंबाट प्रस्थान गर्नुभएको हो ।

टोली नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४३३ मा राति सवा १२ बजे काठमाडौंबाट नारिता गएको हो । न्यायाधीश खतिवडासँगै अर्का न्यायाधीश प्रकाशमानसिंह राउत, उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी, काठमाडौं जिल्ला अदालतका न्यायाधीश डण्डपाणि शर्मा, न्याय परिषद्का सहसचिव मानबहादुर कार्की सोही टोलीमा रहेको बताइन्छ ।

जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) ले आयोजना गर्न लागेको उक्त सम्मेलनमा भाग लिन हिजै एक जना सचिव र सहसचिव पनि जापान गएका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र सहसचिव मानबहादुर अर्याल पनि निगमको सोही उडानमा नारिता गएका हुन् ।

टिप्पणीहरू