चौधरीको आजको यात्रा भारतको मुम्बईतर्फ

चौधरीको आजको यात्रा भारतको मुम्बईतर्फ

नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी आज भारतको मुम्बई प्रस्थान गरेका छन् । उनी दिउँसो साढे १ बजे नेपाल एअरलाइन्सको उडान नम्बर आरए २०१ मा काठमाडौंबाट त्यता गएका हुन् ।

चौधरी पछिल्लो केही महिनामा पटक पटक नयाँ दिल्ली, कोलम्बो, दुबई, सिंगापुर, ग्वाङ्चौ जाउआउ गरिसकेका छन् । डलर अर्बपति भनिए पनि उनी मुलुकभित्र सर्वाधिक कर तिर्ने व्यक्ति वा व्यापारिक समूहमा कहिल्यै परेका छैनन् ।

अघिल्लो साता सरकारले भाटभटेनी डिपार्टमेन्टल स्टोरका मीनबहादुर गुरुङ, ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल टेलिकमलगायतलाई सर्वाधिक आयकर बुझाएको भन्दै सम्मान गरेको थियो ।

टिप्पणीहरू