चितुवासँग उपमेयरको जम्काभेट, खिचे फोटो र भिडियो फटाफट

सुन्नुहोस्

बागलुङ कालिका मन्दिरमा पुगेका बागलुङका उपमेयर राजु खड्काले चितुवाको भिडियो खिचेका छन् । उनले मन्दिर परिसरमा छिरेको चितुवाको भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् ।

रातको समयमा चितुवा मन्दिरमा छिरेको थियो । मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्षसमेत रहेका खड्काले दुई दिनअघि मन्दिरमा जाँदा चितुवाको भिडियो खिचेको बताए । 

उनले भने, ‘प्रायः मन्दिर परिसरमा चितुवा आउने गरेको छ । साना डमरुदेखि ठूला भालेपोथी नै आउँछन् । अहिलेसम्म मानिसमाथि आक्रमण भएको छैन । नजिकैको जंगलमा थुप्रै चितुवा रहेको अनुमान छ ।’

टिप्पणीहरू