मुलुकको खस्कँदो अर्थतन्त्रबारे सिंहदरबारमा छलफल

मुलुकको खस्कँदो अर्थतन्त्रबारे सिंहदरबारमा छलफल
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन छलफल राख्नुभएको छ । छलफल आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्दैछ । 

अर्थतन्त्रको वर्तमान अवस्था र सुधारका प्रयासबारे छलफल गर्न अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गर्न लागिएको हो । 

मुलुकको अर्थतन्त्रमा अझैपनि पुँजीगत खर्च अत्यन्त कम, कर्जा प्रवाह र उपभोक्ता मागमा ह्राससँगै धेरै समस्या छन् । सरकारले धेरै प्रयास गरेको भनिएपनि मुलुकको अर्थतन्त्र क्रमशः शिथिल हुँदै गएको छ । जनअसन्तोष दिनानुदिन चुलिँदै गएको छ ।
 

टिप्पणीहरू