पर्यटन मन्त्रालयले ल्यायो अनलाइन गुनासो प्रणाली

पर्यटन मन्त्रालयले ल्यायो अनलाइन गुनासो प्रणाली

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनलाइन गुनासो प्रणाली (ओजिएस) सञ्चालनमा ल्याएको छ । मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित गुनासो, उजुरी र सुझाव संकलनका लागि मन्त्रालयले ओजिएस सञ्चालनमा ल्याएको जनाएको छ ।

सेवाग्राहीले कुनै गुनासो, उजुरी वा सुझाव भएमा ह्वाट्सएप र भाइबरमार्फत पठाउन सक्ने मन्त्रालयले जनाएको छ । भाइबर र ह्वाट्सएप नम्बर ९७६१७६८३१५ रहेको जानकारी दिइएको छ । 

त्यस्तै, इमेलमार्फत पनि गुनासो राख्न सकिने मन्त्रालयका प्रवक्ता हेमराज तामाङले बताए । उनका अनुसार सेवाग्राहीले ‘उजुरी एट टूरिजम डट जीओभी डट एनपी’ मा उजुरी पठाउन सक्छन् । 

त्यसमा आएका गुनासा र उजुरीको तत्काल समाधान गर्ने र सुझावहरु कार्यान्वयनका लागि पहल गर्ने उनको दाबी छ ।

टिप्पणीहरू