अन्त धान भित्र्याउने चटारो, अफगानिस्तानमा मकै

अन्त धान भित्र्याउने चटारो, अफगानिस्तानमा मकै

दक्षिण एसियाका अधिकांश मुलुकमा यतिखेर किसानहरु धान भित्र्याउने चटारोमा छन् । विशेषगरी सेप्टेम्बरदेखि उनीहरु गत जुन, जुलाई, अगष्टमा रोपिएको बिऊमा पाकेको धान भित्र्याउने काममा व्यस्त हुन्छन् । 

तर, दक्षिण एसियाकै अर्को मुलुक अफगानिस्तानमा किसानहरु मकै भित्र्याइरहेका छन् । उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तका किसान यतिखेर मकै भाँच्ने र भित्र्याउने कर्ममा व्यस्त देखिन्छन् ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सो क्षेत्रमा गत वर्षको तुलानमा यो वर्ष मकै उत्पादन राम्रो भएको छ । किसानहरुको आय आर्जनको प्रमुख माध्यम मकै रहेको र आगामी वर्षसम्म खाद्यान्नको मुख्य स्रोत पनि मकै नै भएको बताइन्छ ।

फोटो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू