लोकसेवासँग परीक्षा केन्द्र जुधेपछि शिक्षक लाइसेन्सको परीक्षास्थल फेरियो
शिक्षक सेवा आयोगले आगामी कात्तिक १८ गतेका लागि तोकेको निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स)को परीक्षा केन्द्र परिवर्तन गरेको छ ।
लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा केन्द्रसँग आफ्नो परीक्षा स्थल जुधेपछि शिक्षक सेवा आयोगले केन्द्र परिवर्तनको निर्णय गरेको हो । परीक्षा समन्वय समिति काठमाडौंको सिफारिस र आयोगको आइतबारको निर्णयानुसार सो निर्णय गरेको आयोगले बताएको छ ।
जसअनुसार जनप्रभात मावि कालिमाटी ‘क’ मा तोकिएको केन्द्र अब काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी ‘क’ मा हुनेछ । त्यस्तै, जनप्रभात मावि कालिमाटी ‘ख’ को काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी ‘ख’ मा परीक्षा केन्द्र सारिएको छ ।
त्यस्तै, नन्दी मावि नक्सालको धुम्रवराही मावि, रत्नराज्य मावि बानेश्वर ‘क’ को पद्यकन्या विद्याश्रम मावि डिल्लीबजार ‘क’ मा सारिएको छ ।
रत्नराज्य मावि बानेश्वर ‘ख’ केन्द्रको पद्यकन्या विद्याश्रम मावि डिल्लीबजार ‘ख’, शान्तिविद्या गृह मावि लैनचौर ‘क’ केन्द्रको कन्या मन्दिर मावि न्यौखा ‘क’ र शान्तिविद्या गृह मावि लैनचौर ‘ख’ को कन्या मन्दिर मावि न्यौखा ‘ख’ केन्द्रमा सारिएको आयोगले जानकारी दिएको छ ।
टिप्पणीहरू