प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता शुरु

प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता शुरु
सुन्नुहोस्

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरुबीच अहिले भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीले गुटेरेसलाई मन्त्रिपरिषद कार्यालयको गेटमै पुगेर स्वागत गर्नुभएको थियो ।   

प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा गएराति नेपाल आइपुग्नुभएका महासचिव गुटेरेसले उच्चस्तरीय भेटवार्ता थाल्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्रीसँग भेट गर्नुअघि गुटेरेसले आजै परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नुभएको थियो । साँझ ७ बजे प्रधानमन्त्रीले सोल्टी होटलमा आयोजना गर्न लाग्नुभएको रात्रिभोजमा उहाँ सरिक हुनुहुनेछ ।

टिप्पणीहरू