इजरायलमा मारिने १० नेपालीको पहिचान खुल्यो

इजरायलमा मारिने  १० नेपालीको पहिचान खुल्यो
सुन्नुहोस्

इजरायलमा भएको प्यालेष्टिनी विद्रोही समूह हमासको आतंकवादी आक्रमणमा १० जना नेपालीको मृत्यु पुष्टि भएको छ । 

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी हुन् । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह छन् । त्यस्तै, मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–  ०३ डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको मृत्यु भएको छ ।

त्यस्तै, हमास आक्रमणमा चार जना नेपाली घाइते भएको र एकजना बेपत्ता रहेको पनि नेपाली दूतावासले जनाएको छ । घाइते हुनेमा शारदा-२ सल्यानका विधान सेज्वाल, दगिशरण-३ दाङका प्रवीण डाँगी, टिकापुर-९ कैलालीका धनबहादुर चौधरी गोर्खाका हिमाञ्चल कट्टेल छन् । जसमध्ये कट्टेल र चौधरीको अवस्था सामान्य रहेको बताइएको छ ।

बेपत्ता हुनेमा भीमदत्त-३ कन्चनपुरका बिपिन जोशी छन् । 

टिप्पणीहरू