बीआरआई अन्तर्गतका परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध : प्रधानमन्त्री

बीआरआई अन्तर्गतका परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध  : प्रधानमन्त्री
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ सहयोग कार्यक्रम बीआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले बीआरआई अन्तर्गतका परियोजना अघि बढाउनक कार्ययोजना बनाउँदै दुई मुलुकबीचका साझा संयन्त्रहरुलाई परिचालन गर्न नेपाल सरकार तयार रहेको उल्लेख गर्नुभएको छ । 

बीआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो १० वर्षमा बीआरआईमार्फत् विश्वमा १ हजार अर्बभन्दा बढी अमेरिकी डलर लगानी भएपनि नेपालले तुलानात्मक रुपमा त्यसबाट फाइदा लिन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब हामी छिट्टै कार्ययोजना बनाएर समयबद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रहरुलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था छ । नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने काम नेपाल सरकारले गर्नेछ ।’ उहाँले बीआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको सन्दर्भ दोहोर्याउनुभएको छ ।

सोही सन्दर्भमा उहाँले नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारी आवश्यक रहेको उल्लेख गर्नुभएको हो । ‘चीन–नेपाल र भारतको बीचमा एउटा त्रिदेशीय साझेदारी विकासको जरुरी छ । चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै बसेर यही प्रश्न यसरी नै गर्न जरुरी छ ।’

टिप्पणीहरू