नर्सिङको लाइसेन्स परीक्षा मंसिरमा

नर्सिङको लाइसेन्स परीक्षा मंसिरमा

नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी मंसिरमा हुने भएको छ । 

परिषद्ले आज सूचना प्रकाशित गर्दै वार्षिक कार्यतालिकाअनुसार मंसिर ९ गते परीक्षाको मिति तोकिएको जानकारी दिएको हो । परिषद्ले परीक्षाका लागि आवेदनसमेत मागेको छ । 

सूचनामा यही असोज २१ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । त्यस्तै, दोब्बर दस्तुर तिरेर कात्तिक २३ गतेसम्म अनलाइन दरखास्त दिन पाइनेछ । 

परिषद्का अनुसार परीक्षामा सामेल हुने परीक्षार्थीहरु न्यूनतम प्रवीणता प्रमाणपत्र तह नर्सिङ वा बीएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्नेछ । 

त्यस्तै, परीक्षासम्बन्धी विस्तृत जानकारी परिषद्को वेबसाइटमा राखिएको बताइएको छ ।

टिप्पणीहरू