अष्ट्रेलियाका सभामुख काठमाडौंमा
अष्ट्रेलियाका सभामुख नेपाल भ्रमणमा आएका छन् । त्यहाँको प्रतिनिधि सभाका सभामुख मिल्टन डिक आज दिउँसो सिंगापुर हुँदै काठमाडौं आइपुगेको बताइएको छ ।
उनी सिड्नीबाट सिंगापुर हुँदै सिंगापुर एअरलाइन्सको उडानमा आएका हुन् । सभामुख मिल्टनले नेपाली समकक्षी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग भोलि बिहान १० बजे संसद सचिवालयस्थित उहाँको कार्यकक्षमा भेटघाट गर्ने जानकारी दिइएको छ ।
सभामुख घिमिरेले अष्ट्रेलियन सभामुखको सम्मानमा भोलि मध्यान्ह १२ बजे सोल्टी होटलमा दिवाभोजको आयोजना गर्नुहुनेछ । मिल्टन काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू