प्रधानमन्त्रीको टोलीमा ३३ जना मांसाहारी,चार जना शाकाहारी

प्रधानमन्त्रीको टोलीमा ३३ जना मांसाहारी,चार जना शाकाहारी
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको आठ दिने भ्रमण पूरा गरेर हिजो बिहान स्वदेश फर्कनुभएको छ । उहाँसँगै अमेरिका,चीनको हाङ्चौ,बेइजिङ र छोङछिङमा ठूलै डफ्फा देखिएको थियोे । तर,पछिल्लो चार दिन ल्हासा,कैलाश मानसरोवर र छन्तुको यात्रामा सामेल सीमित व्यक्तिमा प्रधानमन्त्रीकी छोरी गंगा दाहाल र परराष्ट्रमन्त्रीकी श्रीमती ज्योत्सना अधिकारी पनि थिए । टोलीमा खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला,प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल,राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र मुख्य सचिव बैकुण्ठ अर्याल थिए । 

त्यसैगरी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल,ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे,शिक्षा सचिव सुरेश अधिकारी,उद्योग सचिव मधुकुमार मरासिनी,भौतिक पूर्वाधार तथा सचिव केशवकुमार शर्मा,कृषि सचिव रेवतीरमण पौडेल पनि सरकारी टोलीमा सदस्य थिए । 

प्रधानमन्त्रीका निजी चिकित्सक डा. युवराज शर्मा,प्रेस सल्लाहकार गोविन्द आचार्य,निजी सचिव रमेश मल्ल,परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई,चिफ अफ प्रोटोकोल दिलिपकुमार पौडेल, निजी सचिवालयका सहसचिव अर्जुन भण्डारी,निजी सहसचिव शिवबाबु खकुरेल,डा.रुपक सापकोटा,परराष्ट्र मन्त्रालयका उपसचिव हरिप्रसाद ओडारी,शाखा अधिकृत जानकी ओझा,प्रवीण भट्टराई, योजना बमजन, उत्तमप्रसाद न्यौपाने पनि सोही टोलीका सदस्यको रुपमा चीन पुगेर फर्केका छन् । 

सुरक्षाकर्मीको रुपमा लेफ्टिनेन्ट कर्णेल निरज भण्डारी,नेपाल प्रहरीका डिएसपी सिध्दराज न्यौपाने र जनार्दन सिलवाल सहभागी थिए । मिडियाकर्मीहरुमा राससका एकराज पाठक,नेपाल टेलिभिजनका चुडामणि नेपाल, राइजिङ नेपालका नन्दलाल तिवारी, नेपाल टेलिभिजनका नवराज दाहाल र फोटो पत्रकार प्रदीपराज वन्त पनि प्रधानमन्त्रीको भ्रमण दलमा सरकारी प्रतिनिधिको रुपमा सहभागी थिए । 

नेपाल सरकारले चिनियाँ पक्षलाई उपलब्ध गराएको भ्रमण टोलीका सरकारी प्रतिनिधिहरुको विवरणमा ३७ जनामध्ये चार जना शाकाहारी रहेको उल्लेख छ । उनीहरु राजनीतिक सल्लाहकार गजुरेल र सचिव दिनेशकुमार घिमिरे हुन् । त्यस्तै प्रेस सल्लाहकार आचार्य र जनार्दन सिलवालको विवरणमा पनि शाकाहारी लेखिएको पाइन्छ ।

टिप्पणीहरू