सिके राउत पछि उपेन्द्र यादव अमेरिकातिर
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् ।
अमेरिकास्थित पार्टीको बिभिन्न कार्यक्रममा सहभागी हुनका लागि यादव आज त्यता लागेको बताइएको छ । कार्यक्रम सकेर यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
अध्यक्ष अमेरिका गएपछि राजेन्द्र श्रेष्ठले पार्टीको कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएको जसपाले जनाएको छ ।
यता, मधेसमा जसपाको प्रतिश्पर्धी दल जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउत पनि अमेरिकामै छन् । नयाँ पार्टी सञ्चालनबारे त्यहाँको एउटा संस्थाले दिने तालिममा सहभागी हुन राउतसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद सोविता गौतम र काँग्रेस सांसद रुपा विश्वकर्मा अघिल्लो साता नै अमेरिका पुगेका हुन् ।
उनीहरु अमेरिकाबाट फर्के, नफर्केको भने जानकारी छैन ।
टिप्पणीहरू