अर्थमन्त्री कायरोबाट दोहा हुँदै स्वदेश फिर्ता

अर्थमन्त्री कायरोबाट दोहा हुँदै स्वदेश फिर्ता

एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. प्रकाशशरण महत स्वदेश फर्किनुभएको छ ।  

बैठकका लागि इजिप्टको राजधानी कायरो पुगेका अर्थमन्त्री महत र राजश्व सचिव डा. रामप्रसाद घिमिरे आज अपराह्न काठमाडौँ आइपुगेका हुन् । कतार एयरलाइन्सको क्युआर ६४६ उडानमा कायरोबाट दोहा हुँदै अपराह्न साढे ४ बजे अर्थमन्त्री काठमाडौँ अवतरण गरेको बताइएको छ ।   

अर्थमन्त्री महत असोज ५ गते कायरो प्रस्थान गर्नुभएको थियो।

टिप्पणीहरू