उपसभामुख इन्दिरा तीन साता स्पेन बस्ने,मुस्लिम आयोगका अन्सारी  टर्कीमा रम्ने

उपसभामुख इन्दिरा तीन साता स्पेन बस्ने,मुस्लिम आयोगका अन्सारी  टर्कीमा रम्ने

उपसभामुख इन्दिरा रानामगर स्पेन जानुभएको छ । उहाँ गएराति २ बजे काठमाडौंबाट कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ मा दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

कासा टेरा संस्थाको निमन्त्रणामा छोरीसँगै त्यता जानुभएकी उपसभामुखको आगामी २८ गते मात्रै स्वदेश फर्कने कार्यक्रम छ । 

आजै मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पनि टर्की जानुभएको छ । उहाँ टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२७ मा बिहान ८ बजे इस्तानबुलतर्फ लागेको बताइएको छ ।

टिप्पणीहरू