रविन्द्रनाथ टैगोरको विश्वविद्यालय विश्व सम्पदा सूचीमा सूचीकृत

रविन्द्रनाथ टैगोरको विश्वविद्यालय विश्व सम्पदा सूचीमा सूचीकृत

युनेस्कोले भारतको शान्ति निकेतनलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ ।

नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरले एक शताब्दीभन्दा अघि केन्द्रीय विश्वविद्यालय विश्वभारतीको स्थापना गरेका थिए । युनेस्कोको हालै साउदी अरेबियामा सम्पन्न बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

शान्ति निकेतनको स्थापना सन् १९०१ मा रवीन्द्रनाथ टैगोरका पिता महर्षि देवेन्द्रनाथले पश्चिम बंगालको वीरभूम जिल्लामा गरेका थिए ।

टिप्पणीहरू