चिनियाँ राजदूतको अफगानिस्तानमा भव्य स्वागत

चिनियाँ राजदूतको अफगानिस्तानमा भव्य स्वागत

चीनले अफगानिस्तानमा राजदूत नियुक्त गरेको छ । चरमपन्थी इस्लामिक समूह तालिबानले दुई वर्षअघि सत्ता कब्जा गरेयता त्यहाँ राजदूत नियुक्त गर्ने चीन पहिलो मुलुक हो।

अफगानिस्तानमा पठाइएका चिनियाँ राजदूत झाओ सिङलाई काबुलस्थित राष्ट्रपति भवनमा विशेष स्वागत गरिएको छ ।

नयाँ राजदूत अफगानिस्तान पुगेपछि चिनियाँ विदेश मन्त्रालयले दुई मुलुकबीचको संवाद र सहयोगलाई जारी राख्ने र राजदूत नियुक्ती सामान्य प्रक्रिया रहेको जनाएको छ ।

सन् २०२१ को अगष्टमा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अन्तर्राष्ट्रिय समुदायले त्यहाँको सरकारलाई हालसम्म मान्यता दिएको छैन ।

टिप्पणीहरू