इञ्जिनियरको नाम दर्ता परिक्षाको म्याद थप
नेपाल इञ्जिनियरिङ परिषद्ले साधारण दर्तावाला इञ्जिनियरको नाम दर्ता परीक्षाको लागि आवेदन फाराम भर्ने म्याद थप गरेको छ ।
यसअघि असोज २ गतेसम्म आवेदन फाराम भर्ने मिति तोकिएकोमा परिषद्ले असोज १६ गतेसम्मका लागि म्याद थप गरेको हो ।
सूचनामा भनिएको छ, ‘गत भद्रौ ७ गते प्रकाशित सूचनाअनुसार रु.२५०० परीक्षा शुल्कसहित मिति भद्रौ १३ देखि असोज २ गतेसम्म र असोज ३ गतेदेखि असोज ९ गतेसम्म दोब्बर दस्तुरसहित अनलाइन आवेदन फाराम खुल्ला गरिएकोमा सो मिति संशोधन गरी रु.२५०० परीक्षा शुल्कसहित असोज १६ गतेसम्मका लागि फाराम भर्ने म्याद थप गरिएको छ ।’
परिषद्ले दोब्बर दस्तुर तिरेर असोज २३ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सकिने जनाएको छ । साथै, परिषद्को वेबसाइटमा दिएको निर्देशनबमोजिम अनलाइन आवेदन फाराम भरी बुझाउनु पर्नेछ । परीक्षाको मिति पछि प्रकाशित गरिने परिषद्ले जनाएको छ ।
टिप्पणीहरू