महानगरले मानव बेचविखनविरुद्धको दिवस मनाउने

महानगरले मानव बेचविखनविरुद्धको दिवस मनाउने

काठमाडौं महानगरपालिकाले मानव बेचविखनविरुद्धको सत्रौं राष्ट्रिय दिवस मनाउने भएको छ । 

वडा कार्यालयलाई परिपत्र गर्दै महानगरले यही भाद्र २० गते ‘सामाजिक नारा र आर्थिक सशक्तिकरणः मानव बेचविखनको निर्मूलन’ भन्ने नाराका साथ यस वर्षको मानव बेचविखनविरुद्धको सत्रौं राष्ट्रिय दिवस मनाउन अनुरोध गरेको हो । 

परिपत्रमा भनिएको छ, ‘तहाँ वडा कार्यालयमा गठन भएको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण वडा समितिको नेतृत्वमा यस वर्षको मानव बेचबिखनविरुद्धको सत्रौं राष्ट्रिय दिवस २० भाद्र २०८० को नारा सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मूलन भन्ने नाराका साथ आआफ्नो वडामा मनाउनुहुन अनुरोध छ ।’

महानगरपालिकाले उक्त दिवस मनाइसकेपछि त्यसको प्रगाति प्रतिवेदन एकप्रति सामाजिक विकास विभागमा उपलब्ध गराउन निर्देशन समेत दिएको छ ।
 

टिप्पणीहरू