सशस्त्र प्रहरीले माथिको फोन ब्लक हानेपछि...

सशस्त्र प्रहरीले माथिको फोन ब्लक हानेपछि...
सुन्नुहोस्

सशस्त्र प्रहरी बल मुख्यालयको फोन मातहतका कार्यालयले नउठाउने र रेस्पोन्स नगर्ने प्रवृत्ति बढेपछि महानिरीक्षकको सचिवालयले नयाँ सर्कुलर पठाएको छ । अनुगमन तथा गुनासो व्यवस्थापन इकाइले हिजो सबै इकाइलाई पठाएको पत्रमा अबदेखि मुख्यालय र गुनासो इकाइले गरेको फोन उठाउन वा उठाउन नसकिएको अवस्थामा लगत्तै सम्पर्क गर्न भनिएको छ ।

महानिरीक्षकको सचिवालय मातहत अनुगमन तथा गुनासो व्यवस्थापन इकाइले कार्यालयहरुमा सञ्चालन हुने पिटी,परेड तथा रोलकलहरुमा दिइएका नम्बरहरु सम्पूर्ण कर्मचारीलाई जानकारी गराउन निर्देशन दिएको छ । साथै ती नम्बरबाट फोन आएको बखत फोन रिसिभ गर्न,फोन रिसिभ हुन नसकेको अवस्थामा पछि फोन सम्पर्क गर्न र फोनमार्फत् सोधिएका विषयवस्तुहरुको सम्बन्धमा सत्य तथ्य जानकारी दिनको लागि ब्रिफिङको व्यवस्था मिलाउन भनिएको छ । त्यसका लागि चार वटा ल्याण्ड लाइन र एउटा मोबाइल फोनको व्यवस्था गरिएको जानकारी दिइएको छ । दुई वटा गुनासो हट लाइन र अनुगमन तथा तीन वटा अनुगमनको निम्ति छुट्ट्याइएको छ ।

"सशस्त्र प्रहरी बलका कर्मचारीले नउठाएको,फोन काटेको, नम्बर ब्लक गरेको, सोधिएको विषयवस्तुबारे अनभिज्ञता जनाएको पाइएपछि अबदेखि त्यस्तो नगर्न महानिरीक्षकको सचिवालयले सर्कुलर नै जारी गर्नुपरेको बताइएको छ ।"

सशस्त्र प्रहरी बलले जिम्मेवारी त्रुटीरहित ढंगबाट सम्पादन गर्न, संगठनबाट निर्देशन भएका कार्यहरुको कार्यान्वयन स्थिति बुझ्न र कर्मचारीको व्यक्तिगत गुनासा,पीरमर्काहरु समयमै सुनुवाई तथा सम्बोधन गर्ने उद्देश्यले अनुगमन तथा गुनासो व्यवस्थापन इकाइको स्थापना गरेको छ । तर, यसबीच उक्त इकाइको फोन सशस्त्र प्रहरी बलका कर्मचारीले नउठाएको,फोन काटेको, नम्बर ब्लक गरेको, सोधिएको विषयवस्तुबारे अनभिज्ञता जनाएको पाइएपछि अबदेखि त्यस्तो नगर्न महानिरीक्षकको सचिवालयले सर्कुलर नै जारी गर्नुपरेको बताइएको छ ।

टिप्पणीहरू