ललितपुरका नापी र मालपोत अधिकृत दुबै भ्रष्टाचारमा संलग्न

ललितपुरका नापी र मालपोत अधिकृत दुबै भ्रष्टाचारमा संलग्न

नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीसहित सर्भेक्षक लोकेन्द्र सिंह धामी, मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोखरेल, खरिदार युवराज कटुवाल, राउसाई होल्डिङ्गस् प्रालि ललितपुर सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोजबहादुर श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिएको छ । 

उनीहरुको मिलेमतोमा तत्कालीन टिकाथली गाविस वडा नम्बर ६ को कित्ता नम्बर १६९९ र कित्ता नम्बर १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल ट्रायल चेक गरी बढी कायम गरेको आयोगको दाबी छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सरकारी कागजात गैरकानूनी तरिकाले हेरफेर गरेको कसुरमा सोही ऐनबमोजिम कैद र जरिवानाको मागदाबी गर्दै आज मुद्दा दायर गरेको हो ।
 

टिप्पणीहरू