सुन तस्कर समात्न अन्तर्राष्ट्रिय प्रहरीको सहारा

सुन तस्कर समात्न अन्तर्राष्ट्रिय प्रहरीको सहारा

पछिल्लो सुन तस्करी प्रकरणमा संलग्न तस्करलाई पक्राउका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अन्तर्राष्ट्रिय प्रहरी संगठनसँग पत्राचार गरेको छ । उक्त प्रकरणमा विदेशी नागरिकको समेत संलग्नता रहेको र केही नेपाली तस्कर विदेशमा रहेकाले पक्राउको निम्ति आग्रह गरिएको बताइएको छ ।

ब्युरोले इन्टरपोल हङकङ र भारतलाई सहयोगको निम्ति पत्राचार गरेको बुझिएको छ । यस प्रकरणमा केही भारतीय र चिनियाँ नागरिकको संलग्नता रहेको पाइएको छ । हालसम्म नेपाली, चिनियाँ र भारतीय गरेर २३ जना पक्राउ परिसकेका छन् । मुख्य तस्करको रुपमा  राकेश अडुकिया भारत हुँदै दुबई पुगेको आशंका गरिएको छ ।

उननका छोरा रोहनलाई भने प्रहरीले साउन २६ गते नियन्त्रणमा लिएर छाडेको छ । रोहन नयाँ दिल्लीबाट हवाई उडानमा काठमाडौं आउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागले पक्राउ गरेको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा गालेर तौलेपछि ६० किलो सात सय १६ ग्राम कायम हुन आएको छ । यतिखेर सुन प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ । 

संसदले यसको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने निर्णय भएको छ । सिआइबीको अनुसन्धान पूरा भएपछि आयोगले कार्य थालनी गर्ने प्रमुख राजनीतिक दलहरुबीच सहमति छ ।

टिप्पणीहरू