फष्र्ट राइफल गणमा फसाद

फष्र्ट राइफल गणमा फसाद
सुन्नुहोस्

फष्र्ट राइफल गण भोजपुरबाट जेठ महिनामा नारायणहिटी ब्यारेक स्थानान्तरण भएको हो । २६ महिनादेखि यस गणमा प्रमुख सेनानी विश्वनाथ तिमल्सेना गणपति छन् । यिनै गणपतिको केही भ्रष्टाचारी काम कारबाहीबारे छोटकरीमा तल उल्लेख गरिएका छन् । 

दुई वर्षअगाडि भोजपुर ब्यारेकमा वसन्त गौतमबाट उनले गणपति बुझेका थिए । गणपति बुझ्न जाँदैदेखि श्रीमती, छोराछोरी, सासूससुरा सबैलाई गणको पैसामा भोजपुर लगेका हुन् । सासूससुरालाई ६ महिना पालेर काठमाडौँ पठाएपछि फेरि दिदीभिनाजुलाई भोजपुरमा बोलाई ३ महिनापछि फिर्ता पठाए । भोजपुरमा हुँदा अनावश्यक रूपमा स्थानीय महिला र अन्य व्यक्तिलाई ब्यारेकमा बोलाएर उनीहरूको अगाडि तल्ला दर्जालाई दुव्र्यवहार गर्न पनि पछि परेनन् । श्रीमती छोराछोरी उतै भोजपुरमा राखेर अनि अनावश्यक पाहुना बोलाएर गणको प्राइभेट फन्ड ध्वस्त बनाएकै हुन् ।  

काठमाडौँमा घर हुँदाहुँदै पल्टनको दोहन गर्न नारायणहिटी ब्यारेकमा श्रीमती छोराछोरीलाई राखेर प्राइभेट फण्ड सिध्याउने काम गरिरहेका छन् । कृष्ण खड्का, वसन्त गौतमहरू गणपति हुँदा गणपति मेस खर्च ५ हजार पनि हुन्थेन तर विश्वनाथको गणपति मेस खर्च मासिक ५० हजार नाघ्छ । उनले सिंगल ब्ल्याक लेवल नक्कली छ भनेर डबल ब्ल्याक लेबल पिउँछन्, श्रीमतीलाई पनि पिलाउँछन् । उनकी श्रीमतीलाई खसीको आन्द्राभुँडी र बँदेल खुब मन पर्दोरहेछ । 

भोजपुरमा हुँदा हाम्रो गणले संखुवासभाको फाक्सिन्दा, इखुवा र केराबारी हाइड्रोपावर ड्युटीमा अफिसरको कमाण्डमा ५०–५० जनाको सुरक्षा टोली खटाउँथ्यो, अफिसरको १८ हजार, पदिकको १२ हजार र जवानको ६ हजारका दरले मासिक भत्ता आउँथ्यो तर आफूले खान दामासाहीमा रकम बाँड्ने चलन चलाए । अफिसर पदिकले पाउने रकम गोप्य हुन्थ्यो तर हामी जवानलाई प्रतिमहिना २ हजार पनि मिल्थेन । कृष्ण खड्का, वसन्त गौतम गणपतिहरूले तल्ला दर्जाका जवानलाई टिए/डिएको रकम, हाइड्रो पावरको भत्ता वितरण गरी गण आदेशमा समेत प्रकाशन गर्थे तर विश्वनाथले अहिलेसम्म जवानले पाउने तलब–भत्ताबाहेक अरु सबै रकम आफ्नै खल्तीमा हालेका छन् । त्यत्रो स्थानीय निर्वाचन भयो तर निर्वाचन भत्ता पनि सार्वजनिक गरेनन् । 

उनले पल्टनलाई धुत्नसम्म धुतेका छन् । दशैँको समयमा बाहिनीपति, पृतनापति र जंगी अड्डाका जर्नेलहरूलाई खसी र ब्लु लेबल रक्सी पठाएर चाकरी गर्नसम्म गरेका हुन् । तर, अहिले त्यस्तै भ्रष्टाचारीलाई फेरि शान्ति सेनाको स्पेशल फोर्सेजमा गणपति खटाइएको रहेछ । त्यसैले यस्ता भ्रष्टलाई फेरि भ्रष्टाचार गर्न अवसर दिने हैन, सख्त कारबाही हुनुपर्छ । अहिले अन्यत्र सरुवा भएर पनि नयाँ गणपति नआउञ्जेलसम्म यतै राखिएको छ, उनलाई टुआइसी गणलाई बुझाएर तुरुन्तै पठाउनुप¥यो । पल्टनलाई कति शोषण गर्न दिने हो ! माथिको आँखामा दही जमेको रहेछ, जे गरे पनि नदेख्ने । पटक–पटक गणको सिकायत बाकसमा गुनासो पठाउँदा पनि कुनै कारबाही भएन, उल्टै भ्रष्टाचार गरी फष्र्ट राइफल गणलाई दोहन गरिरहेका छन् । उनले भ्रष्टाचार गरेको हो÷होइन, गोप्य रूपमा बुझ्ने काम होस् । 

– फस्र्ट राइफल गणका तल्ला दर्जाहरू

टिप्पणीहरू