सशस्त्रका दर्जनौं हाकिम बढुवाको सूचीमा
सशस्त्र प्रहरी बलका ८४ जना इन्स्पेक्टर डिएसपीमा बढुवा हुने भएका छन् ।
बढुवा समितिको आज बसेको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम ८४ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस हुनेहरुमा इन्स्पेक्टर बाबुराम थापा, जीवेशकुमार पाण्डे, प्रधुन्न थापा, विष्णु अधिकारी, नविन चन्द्र, जयराम बस्नेत, सन्तोष उपाध्याय, सुदर्शन अर्याल, दिपकराज अर्याल, तुल्सीराम पाण्डेय, दामोदर सुवेदी, नविन अधिकारी, हेमबहादुर श्रेष्ठ, नारायणप्रसाद सेढाई, ऋषिकेश राउट, सुवास केसी, सन्दीपकुमार अर्यालयलगायत छन् ।
यस्तै, ५६ जना डिएसपी पनि एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । उनीहरुलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।
डिएसपी राजेश खरेल, गुणराज न्यौपाने, प्रेम प्रसाई, अनन्द थापा (मगर), निवनकुमार खड्का, क्षितिज क्षेत्री, खगेन्द्रबहादुर चन्द, निलकमल आचार्य, मोहनबहादुर क्षेत्री, लालबहादुर शाही, विश्ववन्धु खड्का, सरोजसिंह बस्नेत, राजकुमार श्रेष्ठ, प्रेमप्रकाश सिग्देल बढुवामा सिफारिस भएका हुन् ।
त्यस्तै, राजेश्वर पोखरेल, दर्शन गिरी, भानुभक्त लम्साल, बासुदेव लोहनी, रामजंग पाण्डे, हरीनारायण श्रेष्ठ, अरुणकुमार शर्मा, सन्तोषबहादुर सिंह, समेनन्द बज्राचार्य, प्रकाश बाग्ले, राधेश्याम धिमाल, केशवराज प्याकुरेल, शैलेश श्रेष्ठ, नरेश भण्डारी, नेत्र केसी, खुमबहादुर केसीलगायत पनि रहेको जनाइएको छ ।
टिप्पणीहरू