पूर्व प्रधानमन्त्रीको निवासमा सिआइबीकी किरण

पूर्व प्रधानमन्त्रीको निवासमा सिआइबीकी किरण
सुन्नुहोस्

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिजो पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग छुट्टाछुट्टै कुराकानी गरेको छ । टोलीले ललिता निवासको जग्गा प्रकरणमा मुख्य निर्णयाधिकारीको हैसियतमा उहाँहरुसँग आवश्यक जानकारी लिन भेट गरेको बताएको छ । 

सिआइबीको टोली हिजो साँझ  उहाँहरुको निवासमा कफी पिउने गरी पुगेको थियो । स्रोतका अनुसार ब्युरो प्रमुख किरण बज्राचार्यको टोली उहाँहरुसँग कुराकानी गर्न गएको हो ।

टोलीले भएको कुराकानीलाई टिपोटको रुपमा उतारेको थियो । पूर्व प्रधानमन्त्रीद्वय निकटस्थहरुले सिआबीलाई घटना विवरणवारे जानकारी दिएको उल्लेख गरेका छन् ।

डा. भट्टराईले सिआइबीको टोलीसँग गरेको कुराकानीको अंश उद्धृत गर्दै स्रोत भन्छ, ‘क्याबिनेटमा त्यस्तो प्रस्ताव आइरहन्छ । त्यो पनि मुख्यसचिव मार्फत आएको हो । क्याबिनेट मातहतको समितिले फाइल अध्ययन गर्ने क्रममा अदालतले गरेको निर्णयमा आफूहरुले केही गर्न नमिल्ने भएकाले क्याबिनेटले अघि बढाउनुपर्ने सिफारिस गरेको थियो । समितिको सिफारिसबमोजिम मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।’

टिप्पणीहरू