माओवादी केन्द्रका महासचिव स्वदेश फिर्ता

माओवादी केन्द्रका महासचिव स्वदेश फिर्ता
सुन्नुहोस्

साताव्यापी चीन भ्रमण सकेर नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ स्वदेश फर्किएका छन् । 

तिब्बत एयरको उडानबाट महासचिव गुरुङ आज बिहान साढे ११ बजे काठमाडौँ आइपुगेका हुन् । उनी साउन २५ गते चीन गएका थिए । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको पूर्वसन्ध्यामा गुरुङको एक साता लामो भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

टिप्पणीहरू