चिनियाँ जनमुक्ति सेनाको टोली हनुमानढोकामा
नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको उच्चस्तरीय टोली काठमाडौंको वसन्तपुर पुगेको छ । टोलीले दिउँसो हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेको बताइएको छ ।
सो क्रममा चिनियाँ सैन्य अधिकारीहरुले हनुमानढोकामा रहेको कुमारीघर, गद्दिबैठक, काल भैरब मन्दिरका साथै हनुमानढोका दरबार संग्रहालयको अवलोकन गरेको हो ।
जनमुक्ति सेनाको तिब्बत मिलिटरी कमाण्डका डेपुटी कमाण्डर तथा मेजर जनरल युए आन्डेको नेतृत्वमा आज बिहान आठ सदस्यीय टोली नेपाल भ्रमणमा आएको छ ।
टोलीमा ह यान्सु, वाङ वेई, लिउ हाइयु, लिङ हुआ, लिउ हुई, सु को हुवा, वाङ चियासुन र लाई रुई छन् । उनीहरुले नेपाली सेनाका उच्च अधिकारीलगायत सरकार र राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि टोलीले भेटघाट गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू