गोरखामा भेटिएको ढुंगालाई गोरखा दरबारमा राख्ने क्याबिनेट निर्णय

गोरखामा भेटिएको ढुंगालाई गोरखा दरबारमा राख्ने क्याबिनेट निर्णय
सुन्नुहोस्

आज बसेको क्याबिनेट बैठकले हालै गोरखामा भेटिएको चम्किलो ढुंगा (क्वार्ज क्रिस्टल) लाई गोरखा दरबारमा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

उक्त ढुंगा घरमा राखेका परिवारलाई सरकारले उचित पुरस्कार दिने निर्णयसमेत गरेको बुझिएको छ । ढुंगा गोरखा नगरपालिका ७ निवासी चन्द्रमान शाहीको घरमा फेला परेको थियो । 

आजको बैठकले रोकिएको जग्गा कित्ताकाटलाई खुल्ला गरेको छ ।

टिप्पणीहरू