चीन जानुअघि उपराष्ट्रपति जनकपुर प्रस्थान
उपराष्ट्रपति रामसहाय प्रसाद यादव जनकपुर पुग्नुभएको छ ।
उहाँ आज बिहान साढे ११ बजे त्यता जानुभएको बताइएको छ ।‘उपराष्ट्रपति बुद्ध एअरको उडानमा बिहान साढे ११ बजे यताबाट प्रस्थान गर्नुभएको हो,’ काठमाडौं विमानस्थल स्रोतले जानकारी दिएको छ ।
उहाँ १० सदस्यीय टोलीसहित त्यता जानुभएको छ ।उपराष्ट्रपति भोलि चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम छ । भोलि अपरान्ह साढे ४ बजे काठमाडौंबाट चीनको युन्नान प्रान्तको खुनमिङतर्फ प्रस्थान गर्नुहुनेछ । उहाँ खुनमिङमा आयोजना गर्न लागिएको सातौं चीन–दक्षिण एसिया एक्सपोमा विशेष अतिथिको रुपमा सहभागी हुन लाग्नुभएको हो ।
टिप्पणीहरू