राजीनामा दिनबाहेक गृहमन्त्री रोष्ट्रममा उभिनै मिल्दैन : एमाले अध्यक्ष

राजीनामा दिनबाहेक गृहमन्त्री रोष्ट्रममा उभिनै मिल्दैन : एमाले अध्यक्ष
सुन्नुहोस्

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुभएको छ । एक क्विन्टल सुन तस्करीको नैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्ने उहाँको टिप्पणी छ । 

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले आफ्नो पार्टीले गृहमन्त्रीसँग जवाफ नमागेको पनि स्पष्ट पार्नुभयो । राजीनामा दिनबाहेक गृहमन्त्री अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु नै अनौठो कुरा भएको उहाँको भनाई छ ।

सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘गृहमन्त्रीले त खासमा रोष्ट्रममा उभिन जानु आफैं...राजीनामा गर्न बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ । सुन भनेर ल्यायो राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेही होइन त्यो ?’

गत साता गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणबारे सदनमा जवाफ दिनुभएको थियो । उक्त जवाफमा चित्त नबुझाएको एमालेले संसद् अवरोध कायमै राखेको छ ।

टिप्पणीहरू