निर्वाचन आयोगको निर्णयविरुद्धको अन्तरिम आदेशलाई निरन्तरता

निर्वाचन आयोगको निर्णयविरुद्धको अन्तरिम आदेशलाई निरन्तरता
सुन्नुहोस्

उच्च अदालत पाटनले चुनावी खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले यसअघि साउन १५ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । 

चुनावी खर्च सार्वजनिक गरेको जानकारी नगराएको भन्दै आयोगले कतिपय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । 

आयोगको उक्त निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले रिट दायर गरेका थिए । सोविता आफैं आज बहसमा सहभागी भएकी थिइन् ।

टिप्पणीहरू