माओवादी नेताहरुको जिम्मेवारी हेरफेर

माओवादी नेताहरुको जिम्मेवारी हेरफेर

नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी फेरबदल गर्ने भएको छ । आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । 

१७ साउनदेखि जारी केन्द्रीय समिति बैठकमा जवाफ दिनुअघि आज बिहान पदाधिकारी बैठक राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको विभाग फेरबदल गराउने  राख्नुभएको बताइएको छ । 

जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् । यसअघि उनी केन्द्रीय कार्यालयको इञ्चार्ज थिए । त्यस्तै,संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका अर्का उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इञ्चार्जको जिम्मा दिइने भएको छ ।  सचिव देवेन्द्र पौडेलले मधेस प्रदेशको इञ्चार्ज पाउने छन् । 

त्यस्तै,कर्णालीमा चन्द्रप्रकाश खनाल बलदेव र सुदूरपश्चिममा डिलाराम आचार्यले इञ्चार्जको जिम्मेवारी पाएको बताइएको छ । 

पदाधिकारी बैठक सकिएलगत्तै कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक शुरु भएको छ । बैठकमा अहिले अध्यक्ष प्रचण्डले सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिइरहनुभएको छ ।

टिप्पणीहरू