सम्बन्ध बिच्छेद गरेका प्रधानमन्त्रीले श्रीमतीसँगै बिदा मनाउने

सम्बन्ध बिच्छेद गरेका प्रधानमन्त्रीले श्रीमतीसँगै बिदा मनाउने
सुन्नुहोस्

क्यानाडाका प्रधानमन्त्री जष्टिन ट्रुडो र उनकी श्रीमती सोफीबीच सम्बन्ध बिच्छेद भएको छ । उनीहरुले १८ वर्ष लामो वैवाहिक सम्बन्ध हिजोदेखि तोडेका हुन् ।

प्रधानमन्त्रीको कार्यालयले दुवै जना कानुनी रुपमा छुट्टिएको जानकारी दिएको छ । तर उनीहरु गहन प्रेम र आपसी सम्मानसहित एउटै परिवारको रुपमा रहने दाबी पनि गरिएको छ ।

सम्बन्ध बिच्छेद गरेका उनीहरु आगामी साता सँगै बिदा मनाउन जाने भएका छन् । ५१ वर्षीय ट्रुडो र ४८ वर्षीया सोफीका तीन सन्तान छन् । तीमध्ये जेठो छोरा १५ वर्षका र कान्छो नौ वर्षका हुन् । 

क्यानाडामा पदमा छँदै सम्बन्ध बिच्छेद गर्ने ट्रुडो दोस्रो प्रधानमन्त्री हुन् । यसअघि उनका पिताले सन् १९७७ मा आमा मार्गरेटसँग छ वर्षमै अलग भएको घोषणा गरेका थिए ।

टिप्पणीहरू