माधव नेपाल स्वदेश फर्कनुभयो
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल इण्डोनेसिया भ्रमण पूरा गरेर फर्कनुभएको छ । उहाँ मध्यान्ह सवा १२ बजे मलेसिया हुँदै काठमाडौं आइपुग्नुभएको हो ।
मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच १७० बाट क्वालालम्पुर हुँदै काठमाडौं आइपुग्नुभएका अध्यक्ष नेपाललाई पार्टी उपाध्यक्ष तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलगायतले स्वागत गर्नुभएको हो ।
त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेपालले इण्डोनेसिया भ्रमणको क्रममा कम्युनिष्ट सम्बन्धी कार्यक्रममा सहभागी भएको, मलेसियामा नेपाली श्रमिकका समस्या सम्बन्धमा त्यहाँका गृहमन्त्रीसँग छलफल भएको जानकारी गराउनुभएको छ ।
टिप्पणीहरू