१९ औं एसियाली खेलकुदमा उच्च प्रविधिको प्रयोग, हालसम्मकै स्मार्ट बनाउन हाङचौको प्रयास

१९ औं एसियाली खेलकुदमा उच्च प्रविधिको प्रयोग, हालसम्मकै स्मार्ट बनाउन हाङचौको प्रयास

चीनको हाङचौ शहरमा आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको १९ औं एसियाली खेलकुदमा हालसम्मकै उच्चतम सूचना प्रविधिको प्रयोग गरिने भएको छ । खेलकुद आयोजनाको निम्ति डेढ महिना बाँकी रहेको अवस्थामा उक्त प्रतियोगितास्थल वरपर प्रयोगमा ल्याइएको सूचना प्रविधिबारे जानकारी दिइएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार ५ जी एड्भान्स इन्टरनेट नेटवर्कको व्यवस्था गरिएको छ । त्यसैगरी चालकरहित सटल बसको व्यवस्था गरिएको बताइन्छ । सम्भवतः खेलकुद इतिहासमा हाङचौ एसियाली खेलकुद हालसम्मकै स्मार्ट प्रतियोगिता हुने आकलन गरिएको छ ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू