चिनियाँ कम्पनीले बनायो जेट प्याक, मानिस अब अन्तरिक्षमा झैँ उड्न सक्ने

चिनियाँ कम्पनीले बनायो जेट प्याक, मानिस अब अन्तरिक्षमा झैँ उड्न सक्ने

चिनियाँ कम्पनीले बनाएको जेट प्याकको प्रयोगपछि मानिस सजिलैसँग उडेर यताउता गर्न सक्ने अवस्था बनेको छ । यसको प्रयोगपछि मानिसले कम्तीमा चार किलोमीटरको यात्रा उडेर गर्नसक्ने बताइएको छ ।

दक्षिणी चीनको क्वाङतोङ प्रान्तको कम्पनीले बनाएको जेट प्याकको गत बिहीबार सफल परीक्षण भएको हो । मानिस कम्तीमा दुई सय मीटर उचाइमा उड्न सक्ने उक्त प्याकको ब्याट्ी करिब पाँच मीनेटसम्मका लागि पर्याप्त हुने जानकारी दिइएको छ ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू