हिमालय एयरलाइन्सको सहयोग नेपाल अर्थोपेडिक अस्पताललाई

हिमालय एयरलाइन्सको सहयोग नेपाल अर्थोपेडिक अस्पताललाई

हिमालय एयरलाइन्स र एनडीए–नेपाल अर्थोपेडिक अस्पतालबीच समझदारी भएको छ । एयरलाइन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध गराइने आर्थिक सहयोगको निम्ति एनडीए–नेपाल अर्थोपेडिक अस्पतालसँग समझदारी गरिएको बताइएको छ ।

समझदारीपछि अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ । यसबाट बिरामीहरुले परल शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउने छन् । वार्डमा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई सेवा दिइन्छ । 

यसबाट बिरामीका साथै, चिकित्सक र कर्मचारीले पनि सहजताको अनुभव गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । एयरलाइन्सका अध्यक्ष चौउ एन्योङ्गले आफ्नो कम्पनीको लक्ष्य नेपालको उडड्यन क्षेत्रमा प्रगतिका साथै सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो जिम्मेवारीलाई पूरा गर्न सक्दो प्रयास गर्ने रहेको बताए ।

उनी भन्छन्, ‘हाम्रो सानो योगदानले नेपाल अर्थोपेडिक अस्पतालको गुणस्तरीय हेरचाहका साथै आवश्यकतालाई मद्दत पुग्नेछ ।’ उनले नेपाल अपाङ्ग संघका पदाधिकारीद्वारा हेरचाह गर्ने बालबालिकाको अनाथ आश्रमलाई सहयोग गर्न एयरलाइन्सको इन्फ्लाइट पत्रिकाको नाफाबाट प्राप्त हुने केही अंश सामाजिक उत्तरदायित्वमा योगदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

 

त्यस्तै, अस्पतालका डा. कैलाशकुमार भण्डारीले हिमालय एयरलाइन्सप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । उनले यो कार्यले एयरलाइन्स र नेपालको स्वास्थ्य सेवा समुदायबीच चलिरहेको साझेदारीमा महत्वपूर्ण योगदान पुग्ने बताए । 

कोभिड–१९ महामारीको चुनौतीपूर्ण अवस्थामासमेत हिमालय एयररलाइन्सले नेपालका विभिन्न स्वास्थ्य संस्था, गैरसरकारी संस्थालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेर महत्वपूर्ण योगदान पुर्याएको थियो ।

टिप्पणीहरू