श्रमिकको लाशमा विदेश घुम्दा के हुन्छ सजायँ !

श्रमिकको लाशमा विदेश घुम्दा के हुन्छ सजायँ !

वैदेशिक रोजगारीमा रहँदा ज्यान गुमाएका नेपाली श्रमिकको लाश ल्याउनका लागि खडा गरिएको कल्याणकारी कोषको रकम दुरुपयोग गरेर विदेश घुम्ने केही सरकारी अधिकारीलाई अख्तियारले कारबाही गरेको पाइएको छ । 

पुरानो यस्तो नजिरै नहेरी अघिल्लो हप्ता पनि मनपरी गर्न वैदेशिक रोजगार बोर्डका हाकिमहरू कस्सिएपछि कल्याणकारी कोषमा भार पर्ने गरी बिना एजेण्डा ०७३ सालमा विदेश गएका ३४ जना भिआइपीलाई अख्तियारले जरिवाना तिराएको तथ्य भर्खरै खुलेको हो । श्रमिकहरूको हित हुने गरी खर्च गरिनुपर्ने रकमबाट उनीहरूले आफूखुशी ८० लाख ४१ हजार ८२४ रुपैयाँ भ्रमणको क्रममा सिध्याएकोमा अख्तियारले सो रकम सबैबाट दामाशाहीले असुलउपर गराएको थियो । 

त्यतिबेला बोर्डका कार्यकारी अधिकृतसहित श्रम तथा रोजगार मन्त्रालयले आफूखुशी टिप्पणी उठाएर तिनलाई विदेश पठाएका थिए । 

यसरी श्रमिकको लाशमाथि टेकेर विदेश सयर गर्नेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका तत्कालीन अध्यक्ष एवं राज्यमन्त्री टेकबहादुर गुरुङ, कार्यकारी निर्देशक रघुराज काफ्ले, सचिव भोलाप्रसाद शिवाकोटी, सहसचिव बुद्धिबहादुर खड्का, सदस्य रमेश कोइराला, शाखा अधिकृत जयराम नेपाल, कृतिवल्लभ पौडेल, जगदिशचन्द शिवाकोटी थिए । त्यसैगरी, राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपाल, निर्देशक भीष्मराज ढुंगाना, परराष्ट्र मन्त्रालयका उपसचिव आनन्दप्रसाद शर्मा, सहसचिव झविन्द्रप्रसाद अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव हिरामणि शर्मा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव डा.हरि पौडेल, उपसचिव जीवनकुमार राई, निजी सचिव रवीन्द्रप्रसाद आचार्यसहितको टोली विदेश घुमेर आएको थियो । 

श्रमिकहरूबाटै एक हजार रुपैयाँका दरले उठाइएको रकमबाट खडा गरिएको कोषको दुरुपयोग गरेको ठहर गर्दै अख्तियारले उक्त जम्बो टोलीलाई खर्च बराबरको रकम जरिवाना तिराउने भनेर २०७३ कात्तिक २९ गते निर्णय गरेको हो । तर, यसलाई भित्रभित्रै गुमसुम पारियो । सार्वजनिक रुपमा बाहिर नआएकाले कसैले थाहा पाएनन् । 

अख्तियारको सोही निर्णयबमोजिम उनीहरूबाट ०७६ सालको अन्तिममा असुलउपर गर्ने तत्कालीन श्रमसचिव तोयम राय हाल उपराष्ट्रपति कार्यालयमा छन् तर अख्तियारले यसरी दण्डित गरेको थाहा हुँदाहुँदै कोषको रकम विदेश घुमघाममा खर्चने क्रममा रोक लाग्न सकेको छैन । वैदेशिक रोजगार बोर्डका हाकिमहरू गत हप्ता यसरी नै इद पर्वको बेला एनआरएन सम्मेलनको नाममा ओमन भ्रमण गरेर शनिबार फर्किएका छन् ।

(विस्तृत विवरण.....पेजमा) 


 

टिप्पणीहरू